<

काठमाडौं, १६ कार्तिक ।

नेकपा माओवादी केन्द्रले बिशेष पत्रकार सम्मेलनको आयोजना गर्दैछ  ।

 

सरकारको नेतृत्व गरिरहेको दलले सडक संघर्षमा उत्रिएको भन्दै आलोचना भईरहेको बेला माओवादीले आज बिशेष पत्रकार सम्मेलनको आयोजना गर्न लागेको हो ।

 

पार्टी मुख्यालय पेरिसडाँडामा दिउँसो १ बजे सो पत्रकार सम्मेलन आयोजना गर्न लागिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

 

सत्ता सहयोगी दल नेपाली कांग्रेसलगायतले माओवादीले गर्न लागेकाे सो प्रदर्शनको आलोचना गरे पछि महासचिव देवप्रसाद गुरुङल ‘जन प्रदशर्न’ नभएर ‘माओवादी रुपान्तरण अभियान’ अन्र्तगत एक कार्यक्रम मात्रै भएको स्पष्टीकरण दिएका थिए । तर, त्यसलाइ अझ प्रस्टाउनका लागि आज पत्रकार सम्मेलन गर्न लागिएको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0