<

काठमाडौं, १५ कात्तिक ।

अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थसहित बाँके र कैलालीका छुट्टाछुट्टै स्थानबाट चारजनालाई  प्रहरीले पक्राउ गरेको छ ।  उनीहरूमध्ये बाँके कोहलपुर नगरपालिका-१५ चन्दहवाबाट ४ ग्राम २ सय मिलिग्राम उक्त पदार्थसहित सोही ठाउँ बस्ने १९ वर्षीय अनुप थारुलाई ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

 

बाँकेकाे राप्तीसोनारी गाउँपालिका-६ मैमानपुरबाट ८ ग्राम ५ मिलिग्राम उक्त पदार्थसहित भे.प २७७७ नम्बरको मोटरसाइकलमा सवार नरैनापुर गाउँपालिका-३ बालापुर बस्ने २० वर्षीय हसिब खाँ र २० वर्षीय सैबाज खाँलाई लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज समेतबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

 

कैलालीकै टीकापुर नगरपालिका-८ खक्रौलाबाट ५ ग्राम ४ सय ४० मिलिग्राम उक्त पदार्थसहित यूपी ३१ बीवाई २७२८ नम्बरको मोटरसाइकलमा सवार भारत लखिमपुर खिरी तिकुनिया ठाना ईन्द्रनगर बस्ने ३५ वर्षीय प्रेम सिंहलाई ईलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0