<

तेल अहिब, १० कार्तिक ।

इजरायली बन्धकहरूका परिवार र उनीहरूका आफन्तहरूले उपचारका लागि रेडक्रसका कर्मचारीहरूलाई भेट गर्न दिन आग्रह गरेका छन ।

 

‘हामी रेडक्रस कहाँ छ भनेर हेर्न चाहन्छौं। हामीलाई थाहा छ रेडक्रस गाजामा छ, त्यसैले हामी संसारलाई रेडक्रसलाई गएर हाम्रो परिवारमा के भइरहेको छ भनेर हेर्न भन्न चाहन्छौं,’ मेरभ मोर रविभले भने । गाजामा हमासले आक्रामण गरे पछि उनकी छोरी पनि अपहरणमा परेकी छिन, जसमा उनका काका र काकी पनि रहेका छन ।

 

हमास हमलाका क्रममा अपहरण गरिएका बन्धकहरूका अन्य चार आफन्तले पनि उक्त आग्रह गरेको अलजजिराले उल्लेख गरेको छ ।

 

‘हमासले हाम्रो परिवारलाई हेर्न र भेटन अझै दिइरहेको छैन। त्यसकारण हामीलाई तपाईं (रेडक्रस)को मद्दत चाहन्छौं,’ बन्धकहरूमध्ये एककी छोरी मायन सेगल कोरेनले भनिन्।

 

रोयटर्सका अनुसार बन्धकहरूका आफन्तहरूले इजरायलको परराष्ट्र मन्त्रालयको सहयोगमा युरोपेली सहरहरूको भ्रमण गरिरहेका छन्, उनीहरूको मुद्दा अन्तर्राष्ट्रिय समुदायमा पुर्‍याउनका लागि उनीहरु युरोप निस्केका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0