<

तेलअहिब, २ कार्तिक ।

बेलायती प्रधानमन्त्री ऋषी सुनक आज इजरायल पुग्दैछन् ।

 

अमेरिकी राष्ट्रपति जो वाइडेन इजरायल पुगेको भोलीपल्ट बेलायती प्रधानमन्त्री सुनक पनि पुग्न लागेका हुन ।

 

बेलायती प्रधानमन्त्री ऋषि सुनक इजरायलमा भएको आतंकवादी हमलाका बीच बिहीबार तेल अहिबमा अबतरण गर्नेछन । जहाँ उनले आफ्ना समकक्षी प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेट गर्नेछन् ।

 

सो क्रममा  सुनकले इजरायलका प्रधानमन्त्री नेतान्याहुका साथै इजरायली राष्ट्रपति इसाक हर्जोगलाई भेटबार्ता गर्नेछन् ।

 

उनी यस क्षेत्रको दुई दिने भ्रमणका क्रममा अन्य देशको पनि भ्रमण गर्ने अपेक्षा गरिएको छ ।

 

डाउनिङ स्ट्रिटका अनुसार सुनकले ‘हमासको क्रूर आतंकवादी हमलाको परिणाम स्वरूप इजरायल र गाजामा भएको भयावह जनधनको क्षतिको लागि शोक व्यक्त गर्नेछन्।’

 

प्रधानमन्त्रीले गाजामा प्रवेश गर्ने मानवीय सहायताको मार्ग जति सक्दो चाँडो खोल्न र त्यहाँ फसेका बेलायती नागरिकहरूलाई छोड्नका लागि पनि दबाब दिने छन्।

 

उता, विदेशमन्त्री जेम्स क्लिभरलीले आगामी केही दिनमा इजिप्ट, टर्की र कतारको भ्रमण गर्दैछन् ।

 

बेलायती अधिकारीहरूले यो पनि औंल्याएका छन कि रक्षा सचिव ग्रान्ट शाप्सले बुधवार वाशिंगटनमा आफ्ना अमेरिकी समकक्ष लोयड अस्टिनलाई उनीहरूको दृष्टिकोण समन्वन गर्नका लागि भेटवार्ता गरेका छन् ।

 

उता, वाइडेन इजरायल पुगे पछि इरान माथी थप प्रतिबन्ध लगाउने घोषणा गरिएको थियो । इजरायल र हमास युद्धका बीच अमेरिकाले इरानमाथि नयाँ प्रतिबन्धको घोषणा गरेको हो ।  अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अमेरिकाले इरानको ब्यालेस्टिक मिसाइल र यूएभीमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0