<

आरके श्रीवास्तव,गरुडा,वैशाख १८ गते
थारु कल्याणकारिणी सभा (थाकस) रौतहटको १० औं महाधिवेशनबाट अध्यक्षमा जगरनाथ चौधरी सर्वसहमती बाट चयन भएका छन् ।


यस्तै समितिको उपाध्यक्षमा ललक चौधरी,ज्रभु चौधरी,सचिवमा प्रमोद चौधरी,सह सचिवमा राम बाबु चौधरी,कोषाध्यक्षमा ललिता चौधरी चयन भएको थाकस फतुवा बिजयपुरका नगर कमिटिका पूर्व उपाध्यक्ष बिजय चौधरीले जानकारी गराउनु भएको हो ।


थारु कल्याणकारिणी सभा रौतहटको सबै पदाधिकारीहरु सर्वसम्मतिले चयन भएका छन् । यस्तै सदस्यहरुमा नन्दलाल चौधरी,पुरनदेव चौधरी लगायतका व्यक्तीहरु चयन भएका छन् । निर्वाचित सबै पदाधिकारीहरूलाई निर्वाचन अधिकृत सुरेन्द्र चौधरीले शपथ ग्रहण गराएका थिए ।


यस अघि शनिवार गुजरा नगरपालिकाको सिमराभवानीपुरमा थारू कल्याणकारिणी सभा रौतहटको १० औं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रम तथा उद्घाटन समारोहमा जनता समाजवादी पार्टी नेपालको केन्द्रिय कार्यकारिणी सदस्य एवम् पूर्व मन्त्री गोविन्द चौधरी लगायतका व्यक्तीहरुले सम्बोधन गरेका थिए ।
थारु कल्याणकारिणी सभा को १० औ जिल्ला अधिवेशनको बन्द सत्र चन्द्रपुर नपाको बनबहुअरिमा भएको थियो । जसमा थारु समाजका अगुवा व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0