<

बज्जिकाञ्चल, १७ गते वैशाख ।
बारा जिल्लाको कलैयामा आम जनता पार्टीले आइतबार बारामा चुनावी समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । बारा क्षेत्र नम्बर २ मा सम्पन्न भएको उपनिर्वाचनमा पार्टीले प्राप्त गरेको जनमत र आगामी कार्य दिशाका सम्बन्धमा चुनावी समीक्षा बैठक सम्पन्न भएको हो ।

बैठकमा पार्टीका केन्द्रीय अध्यक्ष प्रभु साहको सहभागितामा सम्पन्न बैठकले बाराको उपनिर्वाचनमा आम जनता पार्टीको प्रदर्शन साहसिक एवं सराहनिय रहेको निष्कर्ष निकाल्दै चुनावमा आम जनता पार्टीलाई विश्वास गरी मतदान गर्ने मतदाताहरुप्रति आभार व्यक्त गरिएको पार्टीका केन्द्रीय अध्यक्ष प्रभु साहले जानकारी दिए । सो अवसरमा अजपाका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0