<

 

 कैलाली, ५ असाेज ।

गौरीगंगा नगरपालिका-४ राजीपुर खल्ला बजारस्थित सडकबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ४ केजी ७ सय १० ग्राम र नगद १८ हजार ५ सय भारतीय रूपैयाँसहित बझाङ सुर्मा गाउँपालिका-४ ठगुनडाँडा बस्ने ४४ वर्षीय सालीभान पुजारालाई   प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

कास्की, पोखरा महानगरपालिका-३० पावरहाउसबाट अवैध लागूऔषध गाँजा २ केजी १ सय ७० ग्रामसहित सोही महानगरपालिका-२१ कृष्ती घर भई हाल सोही महानगरपालिका-१५ फुलवारी गैह्रगाउँ बस्ने १९ वर्षीय राजन विकलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0