<
काठमाडौं, ३ असोज ।
प्रतिनिधिसभामा दर्ता भएको शिक्षा विधेयकको विरुद्ध देशभरका शिक्षकहरु काठमाडौं आएर आन्दोलनमा उत्रिएका छन् । तर, काठमाडौं महानगरपालिकाले भने विद्यालय बन्द गरेर आन्दोलनमा जाने शिक्षकहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
विद्यालय बन्द गर्ने र गर्न बाध्य बनाएर विद्यार्थीको पढ्न पाउने अधिकार हनन् गर्नेलाई कारबाही गर्ने चेतावनी दिँदै महानगरले जारी गरेको सूचनामा भनिएको छ, ‘सामूहिक सौदाबाजीका माग राख्ने र पुरा गर्ने आफ्नै विधि, प्रक्रिया र पद्धति हुन्छन् । कोरोनाले प्रभावित भएको शिक्षा क्षेत्र सुधारोन्मुख रहेका बखत विद्यालय बन्द गरेर पुनः शैक्षिक क्षति गर्नु शिक्षकको नैतिकता र आचरणले दिँदैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1