<

विशाल बस्नेत ,महोत्तरी, ३ असोज ।

संविधान दिवसको अवसरमा बुधबार महोत्तरीमा हर्षाेल्लासका साथ स्थानीय तहले प्रभातफेरि कार्यक्रम गरेका छन् ।नागरिक समाज, संघ संस्थाहरु, राजनीतिक दलहरुलाई सहभागी भएर निकालिएको प्रभातफेरि कार्यक्रममा उत्साहजनक उपस्थिति थियो ।

 

प्रभातफेरिपछी भएको कोणसभामा बोल्दै वक्ताहरुले जनताको लोकतान्त्रिक अधिकार स्थापित गर्न यो संविधान नै उत्कृष्ट भएको विचार व्यक्त गरे । बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले कोणसभालाई सम्बोधन गर्दै संविधान दिवसलाई कालो दिवसकोरुपमा मनाउन उक्साउने केही मधेशवादी दलहरुप्रति कटाक्ष समेत गरे ।

 

‘जनताको हकअधिकार सुनिश्चित गर्नका लागि यही संविधान उत्कृष्ट भएको र संशोधन गरेर पनि थप परिमार्जन गर्न सकिने बाटोहरु खुल्ला छन्,’ उनले भने ।

 

संविधान दिवस जस्तो महत्त्वपूर्ण दिनमा विदाका नाममा घरमा नै बस्ने कर्मचारीहरुप्रति नगरप्रमुख क्षेत्रीले असन्तुष्टि समेत व्यक्त गरे ।

 

संविधान दिवस मनाउन दिएको विदालाई दुरुपयोग गर्दै घरमा बसेर कार्यक्रममा सहभागी नहुनु दुखद् भएको उनको भनाइ छ ।

 

आन्दोलन र बलिदानबाट प्राप्त भएको संविधानको रक्षार्थ सबैजना एकजुट हुनुपर्ने उनको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0