<

 

अर्घाखाँची ३० भदाैं ।

अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर ३ मा रहेका गरिब, असहाय र अति विपन्न विद्यार्थीलाई झोला वितरण गरिएको छ ।
पहिलो पाइला नेपालले भूमिकास्थान नगरपालिका वडा नम्बर ३ मा रहेको सिद्धार्थ आधारभूत विद्यालय र शंकर जनसेवा आधारभूत विद्यालयमा अध्ययनरत १ सय १० जना विद्यार्थीलाइ झोला वितरण गरेको संस्थाका बुटबल शाखा उपाध्यक्ष सन्तोष बन्जाडेले बताए ।

‘भाग्य बोक्ने झोला कार्यक्रम’ अन्तर्गत विद्यार्थीहरुलाई सिद्धार्थ आधारभूत विद्यालयको प्रांगणमा एक समाराेहका बीच जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाकाे उपस्थितिमा शैक्षिक सामग्री र सरसफाइ सामग्री प्रदान गरिएकाे हो ।
कार्यक्रममा प्रत्येक विद्यार्थीलाई एक सेट झोला, एक दर्जन कापी, एक दर्जन पेन्सिल, तथा सरसफाइ सामग्री अन्तर्गत खाजा राख्ने टिफिन, पानी खाने बोतल, ब्रस, मन्जन, नेलकटर र  रुमाल प्रदान गरिएको पहिलो पाइला नेपालका केन्द्रीय महासचिव विनोद महतले जानकारी दिए ।

 

शैक्षिक सामग्री तथा सरसफाइ सामग्री प्राप्त गरेपछि बिद्यार्थीहरु खुसी भएका थिए । आफूहरुले प्राप्त गरेको सामग्रीले अध्ययन तथा सरसफाइमा ठूलो सहयोग पुग्ने विद्यार्थीहरुले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0