<

आरके श्रीवास्तव,रौतहट,भदौ १६ गते ।
वन जोगाउन दिनरात खटिरहेपनि केही व्यक्तीहरुले आफूलाइ बदनाम गराउन खोजेको पौराही सब–डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत सुरेश कुमार महतोले बताउनु भएको छ । पत्रकारहरु सँग कुराकानी गर्दैै वहाँले यस्तो बताउनु भएको हो ।
नदी किनारमा वृक्षारोपण गरेर लाखौं बजेट हिनामिना गर्नु भएको हो रु भनि पत्रकारले सोधेको प्रश्नको जवाफ दिनु हुँदै उहाँले भन्नु भयो, आफूले वृक्षारोपणमा कुनै हिनामिना नगरेको दाबी गर्नु भएको छ । जुन वृक्षारोपण गरिएको हो । त्यो कार्यक्रमको नाम नदी खोला किनारमा उकास भएको जग्गामा वृक्षारोपण गर्ने त्यसकारण हामीले नदी उकास भएको ठाउँमा नै वृक्षारोपण गरेका हौं ।
त्यस्तो ठाउँमा वृक्षारोपण गरेपछि त्यस ठाउँको वातावरण देखि आर्थिक रुपमा पनि फाइदा पुग्छ । पछि त्यहाँ गरिएको वृक्षारोपणलाइ हामी स्थानिय समुदायलाइ हामी हस्तान्तरण गर्छौं । त्यहाँ बाट उनीहरुपछि करोडौं रुपैयाँ फाइदा लिन सक्ने छन् । त्यसै लक्ष्य अनुरुप हामीले आर्थिक वर्ष २०७९।८० मा जिल्लाको चन्द्रपुर नगरपालिकाको वडा नम्बर १ स्थित बागमती नदी किनारमा दोभान टोल देखि पूर्व क्षेत्रमा हामीले वृक्षारोपण गरेका छौं । सो ठाउँमा रहेको नदी किनारमा खैर,सिसौ,टिक,अमला र जामुन सहित विभिन्न जातको विरुवा करिब २८ हेक्टर क्षेत्रफलमा रोपेका छौं ।
खोला किनारमा हुने विरुवा नै हामीले रोपेका छौं । सरकारको निति अनुसार हामीले काम गरेका हौं । तर केही व्यक्तीहरुले भ्रामक,कपोल्कल्पीत कुराहरु गरिरहेका छन् । त्यस्तो आरोपको म खण्डन गर्नु भयो । स्थलगत अनुगमन गर्दा पनि हुन्छ । वृक्षारोपण भएपछि स्थानियहरु लाइ धेरै फाइदा पुग्ने उनी बताउँछन् । चरीचरण बन्द र आगलागी भएन भने स्वतः त्यहाँ अन्य विरुवा पनि उम्रने छन् । पछि स्थानियहरुले दाउराको रुपमा पनि प्रयोग गर्न पाउने छन् । साथै वृक्षारोपण गरिएको खैरको विरुवा लाइ जोगायौं,हुर्कायौं भने धेरै आम्दानी लिन सकिने उनको भनाइ छ ।
बगरमा विरुवा नलाइ लाखौं रकम अनियमितता भएका भनी आफू माथि लगाइएको अरोप गलत रहेको महतोले बताएका छन् । त्यहाँ गएर हेर्नु भयो भने वास्तवीक वृक्षारोपण भएको छ । ती अरोपहरु गलत हुन् ।
वनजंगल सरक्षण गर्न हामी दिनरात गस्तीमा जाने गरेका छौं । गस्ती गर्नै क्रमममा आफनो कार्यकालमा ४ वटा गाडीमा करिब १० लाख बराबरको काठ बरामद गरि वन कार्यालयमा बुझाएको जानकारी गराउनु भयो । त्यसबाहेक हामीले मोटरसाइकिल,ट्रैक्टरमा लगिरहेको काठहरु पनि पक्राउ गरि बुझाएका छौं । हामी सँग साधन स्रोत र मैनपावरको अभावका वाबजुद्ध पनि विभिन्न निकायहरुको सहयोगले वन संरक्षणको काम हामीले गरिरहेको छौं । यो निकै ठूलो चुनौतीको रुपमा रहेको छ ।
स्थानिय समुदाय बाहिरी तस्करहरु पनि वन सरकारको सम्पक्ती हो । यसमाथि हाबि हुन चाहन्छन् । तस्कारहरुले विभिन्न व्यत्तीहरु सँग मिलि बदनाम गराउन लागे पनि कम जनशक्तीका बाबजुद्ध हामीले कर्तव्य पालनको क्रममा ज्यानको बाजी लगाएर वन संरक्षणमा जुटेको बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0