<

 

 आरके श्रीवास्तव,राैतहट,१६ गते भदौ

बच्चा चाेरलाई प्रहरीले नसमातेकाे भन्दै स्थानीय द्वारा प्रदर्शन गरिएको छ । राैतहटमा बच्चा अपहरन गर्नेलाइ पक्राउ गर्न टायर बालेर आज बिहानै प्रदर्शन गरिएको छ । प्रहरीले चासो नलिएको भन्दै स्थानीयले आज बिहान सखुअवा चोकमा चक्काजाम गरेका छन् । माधवनारायण नगरपालिका-५ मिठुअवाका रामनरेश महतो सुढिले सोही ठाउँका एक नाबालिकलाई अपहरन गरेको भन्दै स्थानीयहरु आन्दोलित बनेका थिए ।

स्थानीयहरु आज बिहान सखुअवा चोकमा दुई घण्टा सडक अबरुद्ध गरेपछी प्रहरिले दोषीलाई पक्राउ गरेको छ । त्यसपछी उनीहरु आन्दोलन स्थगित गरेका छन् । स्थानीय अबधेश महताेकाे ८ वर्षिय छाेरी खुशबु कुमारी महताे लाई साेही ठाउँका रामनरेश महताे र उनकै भाइ रंजित महताेले रक्षाबन्धनका दिन भदौ १४ गते बिहिवारका दिन अपहरण गरेका थिए । त्यसपछि पिडित परिवारले आफनाे बच्चालाई बन्धक बनाएको भन्दै अपहरणकारी रामनरेश महताे र रंजित महताेलाई पक्राउ गर्न ईलाका प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।

प्रहरीमा निवेदन परेपछि पक्राउ पर्ने डरले रामनरेश महताेले बन्धक बनाएकाे तीन दिनपछि आज बिहान मात्रै उक्त बालिकालाई अपहरण मुक्त गरेका थिए । तत्पश्चात पिडित परिवारले आज एकाबिहानै दाेषी महताेलाई पक्राउ गरी छानबिन गर्न प्रहरी चाैकी सुकदेव चाैकका असईलाई खबर गरेका थिए ।

तर प्रहरीले दाेषीलाई पक्राउ गर्न आलटाल गरेपछि आक्राेशित स्थानीयहरूले आज बिहानै ७ बजेदेखि ९ बजे सम्म सखुअवा चाैक स्थित गाैर चपुर सडक खण्डमा प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका थिए । स्थानीयहरूले आन्दोलन गरेको २ घण्टा नबित्दै प्रहरीले दुवै जना अपहरणकारी लाई पक्राउ गर्न सफल भएको छ। दाेषी पक्राउ परेपछि स्थानीयहरूले आन्दोलन स्थगित गरी चक्काजाम खुलाएका थिए । पक्राउ परेकाहरू अहिले गरूडा प्रहरीकाे नियन्त्रणमा रहेको र घटनाबारे अनुसंधान भईरहेकाे ईप्रका गरूडाका डिएसपी ओमप्रकाश खनालले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0