<

 

काठमाडौं, १५ भदौ ।

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश विनोद शर्माविरुद्ध उजुरी दिन आह्वान गरेको छ ।

यही ५ भदौमा बसेको न्यायपरिषदले सर्वोच्च अदालतको न्यायाधीशमा शर्माको नाम सिफारिस गरेपछि संसदीय सुनुवाइका लागि उजुरी आह्वान गरिएको हो ।

 

शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले शर्माविरुद्ध उजुरी दिन आह्वान गर्ने निर्णय गरेको हो । उनीविरुद्ध उजुरी दिन १० दिनको सूचना जारी गर्ने निर्णय गरिएको छ ।

सूचना प्रकाशित भएको मितिले १० दिनभित्र उजुरी दिन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0