<

 

कञ्चनपुर, १३ भदाै ।

पुनर्वास नगरपालिका-३ स्थित बीएन पोलीक्लिनिकमा जुवातास खेलिरहेको अवस्थामा पोलिक्लिनिकका संचालक बर्दिया, बारबर्दिया नगरपालिका-२ घर भएका ३२ वर्षीय सागर केसी समेत ७ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

 

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८५ हजार ८ सय ३५ रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0