<

 

काठमाडौं, १० भदौं ।

संसदीय समितिमा आज उम्मेदवारी दर्ता हुदैँछ ।

सोही उम्मेदवारी दर्ताका लागि सत्तारुढ नेपाली कांग्रेसले संसदीय समितिका सभापतिका उम्मेदवारको टुंगो लगाइको छ ।

 

जसअनुसार राज्य व्यवस्था समितिको सभापतिमा रामहरि खतिवडा, संसदीय सुनुवाइमा जीवन परियार, कृषिमा आरजु राणा तथा अर्थ समितिमा सन्तोष चालिसेको नाम टुंग्याएको हो ।

प्रमुख दलको बाँडफाँड अनुसार कांग्रेसको भागमा परेका चारवटा समितिको सभापत दिने भएको थियो ।

 

प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको ९ महिना पछि आज संसदीय समितिको सभापतिका लागि उम्मेदवारी मनोनयन हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0