<

 

 संजय सहनी,गाैर,भदौ ०८ गते ।

रौतहटको गौर नगरपालिकाको मेयर शम्भु साहले गौर नगरपालिका वडा न. ४ स्थित लालबकैया खोलाको बाढीबाट भईरहेको कटान प्रभावित स्थानहरुको शुक्रबार प्रत्यक्षरुपमा निरिक्षण गर्नु भएको छ । केहि दिन अगाडि सोबर्नामाई मन्दिर अगाडि लालबकैया नदिले आफ्नो धार परिवर्तन गरि टिकुलिया गाउँ तर्फ अत्याधिक कटान गर्न थालेपछि मानब बस्ति र स्थानीयको खेत बाली नाली रक्षाका लागि मेयर साहले उक्त स्थानमा बास पाईलिङ्ग सहित स्पर बनाउने कामको थालनी गर्न निर्देशन दिनु भएको थियो ।

उक्त स्थानमा काम जारी रहदा पुनः बाढी आएर बनाएको संरचना भत्काउन थालेको तथा र पुनः कटान कार्य गरिरहेको र मानव बस्ति उच्च जोखिममा रहेको खबर पाउन साथ मेयर साहले सो कटान प्रभावित क्षेत्रको निरीक्षण गर्नु भएको हो। अवलोकनकै क्रममा मेयर साहले लालबकैयाले जारी राखेको कटान कार्यलाई रोक्न आफ्नो पालिकाको स्रोत साधन र बजेटले भ्याए अनुसारको काम गरेको बताउनु भएका छन् ।

स्थानीय संग कुरा गर्दै मेयर साहले”-बाढि र कटानले बस्ति उच्च जोखिममा छ ,काम धेरै छ हामी सङ्ग स्रोत ,साधनको अभाव र कमी छ तर आतिनु पर्दैन समस्या सामाधानको लागि प्रदेश र संघ सरकार गम्भीर हुने आफ्नो बिश्वास रहेको बताउनु भयो। मेयर साहले खासमा भन्नु पर्दा यो नदि नियन्त्रणको मुख्य जिम्मेवारी नदि नियन्त्रण कार्यालय परवानीपुर बारा र सिचाई डिभिजन कार्यालय रौतहट गौरको भएको भन्दै यस बिपद प्रति गम्भिर भई आफुलाई सघाउन आग्रह गरे।

मेयर साहले अब आउने दिन बाढि प्रभावित टिकुलिया बाँधलाई थप मर्मत गर्ने ,बाँध वरिपरि बृक्षारोपन गर्ने ,बैकल्पिक उपाय अपनाई नदिको धार परिवर्तन गर्ने र बाढिले कृषकहरुको धानबाली तथा कृषि उत्पादनमा परेको क्षतिलाई मध्यनजर गर्दै कृषकहरुलाई समेत उचित राहतको व्यवस्थापन गर्न पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0