<

 

टोकियो, ६ भदौं ।

जापानले बिहीबारदेखि प्रशान्त महासागरमा फुकुसिमा दाइची आणविक केन्द्रबाट प्रशोधित रेडियोधर्मी फोहोर पानी छोड्ने भएको छ ।

 

बिगत १२ वर्षअघिको विवादास्पद तर सुनामीले क्षतिग्रस्त प्लान्ट बन्द गर्न दशकौं लामो कार्यमा यो आवश्यक कदम हो। योजनामा ​​संलग्न मन्त्रीहरुको बैठकमा प्रधानमन्त्री फुमियो किशिदाले सो कामलाई स्वीकृति दिएका हुन् ।

किशिदाले टोकियो इलेक्ट्रिक पावर कम्पनी होल्डिङ्सलाई मौसम र समुद्री अवस्था अनुकूल भए बिहीबारदेखि पानी छोड्न निर्देशन दिएका हुन ।

 

सरकारले सुरक्षा सुनिश्चित गर्न, माछापालन क्षेत्रको प्रतिष्ठामा आँच आउन नदिन र देशभित्र र बाहिर वैज्ञानिक स्पष्टीकरण र पारदर्शिता दिन सरकारले हरसम्भव प्रयास गरेको बताए ।

 

किशिदाले दशकौं लामो पानी निस्कने र प्लान्ट बन्द गर्ने प्रक्रियामा सरकारले यी प्रयासहरूलाई निरन्तरता दिने प्रतिबद्धतासमेत जनाएका छन् ।

 

तर, जापानको मत्स्य ब्यावसायीले भने सरकारको सो स्विकृतिको भने चर्को बिरोध गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0