<

बज्जिकाञ्चल,रौतहट,भदौ ०४ गते ।
रौतहटको गुजरा नगरपालिकामा नेपाल विश्वकर्मा लोहार सघको नगर समिति गठन भएको छ । लोहार जातीहरुको हक हितको रक्षा गर्नका लागि बनेको नेपाल विश्वकर्मा संघको आज एक कार्यक्रममा गुजरा नगर समिति बनाएको हो । रौतहट लगायत देशको सबै जिल्लामा रहेको लोहार जातीले सङ्गगठलाइ जिवित बनाउन र हरेक जिल्लामा लोहार जातीको प्रतिनिधित्व निमन बनाबेके राम्रो बनाउन सङ्गगठन लाइ चलायमान बनाउन काममा लागेको नेपाल विश्वकर्मा लोहार संघके सचिव विवेक शर्मा कार्यक्रममे बतएलन ।
आउने असोज १ गतेको दिन विश्वकर्मा पुजाको उपलक्ष्यमा सार्वजनिक विदा दिन २ वर्ष पहिला विवेक शर्माको नेतृत्वमा सघिय गृहमन्त्री तथा मधेस प्रदेशका मुख्यमन्त्रीलाइ ज्ञापन पत्र समेत बुझएपछि त्यसपछी २०७८ सालदेखि सार्वजनिक विदा दिदै आइरहेको सचिव शर्माले आफनो राख्ने क्रममा सो कुरा राखे ।

प्रत्येक वर्ष असोज १ गते हुँदै आएको बाबा विश्वकर्माको पुजाको तयारीका लागि जिल्लाको हरेक नगरपालिकामा जाने योजना रहेको , पुजामा धेरै संख्यामा लोहार समुदायको उपस्थिति गराउनका लागि जिल्लामा पहल भइरहेको सस्थाका अध्यक्ष डा रामसन्कर ठाकुरको भनाइ छ । रौतहट जिल्लाको मध्य भागमा रहेको गरुडा नगरपालिकाको वार्ड न ५ शिवनगरमा रहेको बाबा विश्वकर्माको मन्दिर असोज १ हुने विश्वकर्मा पुजाको प्रचार प्रसार गर्ने क्रममा रौतहटको फतुवा विजयपुर, कटहरीया र गुजरा नगरपालिकमा कार्यक्रम रहेको थियो ।
यो समिति प्रत्येक नया नया कामहरु गर्दै आइरहेको जस्तै मन्दिरको प्राङ्गणमा धर्मशाला बनाउने, मन्दिर शौन्दर्यकरण गर्ने, जिल्लाको सबै पालिकामा समिति गठन गर्ने, जातिय समस्याको समाधान आदि रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
0
+1
0
+1
0