<

 

माली, ३ भदौं ।

अफ्रिकी देश मालीमा भएको आक्रमणमा २१ जनाको मृत्यु भएको छ ।

 

मध्य मालीको मोप्ती क्षेत्रको एउटा गाउँमा बन्दुकधारीहरूले आक्रमण गरेका थिए। यस क्रममा उनले २१ जनाको हत्या गरेको समाचारमा जनाईएको छ ।

 

विदेशी सञ्चारमाध्यमका अनुसार स्थानीय स्रोतहरूले शनिबार दिउँसो मोप्तीको बन्दियागरा सहर नजिकैको यारु गाउँमा केही आक्रमणकारी प्रवेश गरेको बताएका छन्। उनीहरुले निशाना बनाएर गोली चलाएको जनाईएको छ ।

 

सो आक्रमणमा परी महिलासहित २१ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0