<

आरके श्रीवास्तव,रौतहट,भदौ ०२ गते ।
रौतहटको मध्य भाग गरुडामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । नेशनल प्याबसन रौतहट द्धारा एक दिवसीय जिल्ला स्तरीय हाजरि जवाफ प्रतियोगीता कार्यक्रम २०८० सम्पन्न भएको हो । गरुडा स्थित रहेको श्री न्यू डिभाईन लाइट सेकेण्डरी इंग्लिश बोर्डिङ्ग स्कूल गरुडा ४ मा सो कार्यक्रम गरिएको थियो ।


कार्यक्रमको प्रमुख अतिथीको रुपमा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी जयसवाल,विशिष्ट अतिथी उपप्रमुख पुनम चौधरी,वडा अध्यक्ष रामबिनोद साह रह्नु भएको थियो ।


राष्ट्रिय निजि तथा आवासीय विधालय एसोसिएसन नेपालका अध्यक्ष तथा डिभाईन लाइट स्कूलका प्रधानाध्यापक बिगन राय यादवको अध्यक्षामा कार्यक्रम भएको थियो । सो प्रतियोगितामा नेशनल प्याबसनमा आबद्ध १४ वटा स्कूलहरु सहभागि भएका थिए ।


प्रतियोगितामा चिरञ्जिवी नारायणी सुकदेव चौक स्कूल,गौतम गोबिन्द धनाडी,ज्योती पराडाइस मौलापुर,श्री ज्ञान कुञ्ज इनर्वा,कलाकुञ्ज इंगलीश बोर्डिङ्ग औरैया,सुशान्त इंगलीश बोर्डिङ्ग स्कूल,अन्नपूर्ण स्कूल मौलापुर,मिड रौतहट आवासीय बिधालय,द्धान एकेडेमी औरैया,हिमालयन इंगलीश बोर्डिङ्ग स्कूल दोही गोनाही,सरस्वती ज्योती इंगलीश बोर्डिङ्ग स्कूल दिपही, र देवपती आदर्श बाल बिधालय यमुनामाइ सहभागी रहेको थियो ।


प्रतियोगीतामा श्री न्यू डिभाईन लाइट सेकेण्डरी बोर्डिङ्ग स्कुलले प्रथम, ज्ञानकुञ्ज इंगलिस बोडीङ्र्ग स्कूल वौधिकाई नगरपालिका २ इनारवा द्वितिय, प्यूस एकेडेमी इशनाथ डुमरिया तृतिय स्थान हासिल गर्न सफल भएको छ ।


पुरस्कार दिएर विद्यार्थीहरुमा एउटा नयाँ उत्प्रेरक जगाएको हुनाले उनीहरुलाई हार्दिक बधाई तथा शुभकामना समेत व्यक्त गरिएको अध्यक्ष यादवले बताउनु भयो । सो अवसरमा नेशनल प्याबसनका जिल्ला उपाध्यक्ष जितेन्द्र पटेल,कोषाध्यक्ष सुरेन्द्र चौधरी,सचिव उधो राय यादव,प्रदेश पर्यवेक्षक विजय कुमार यादव,गरुडा नपाका शिक्षा संयोजक सरोज गौतम, नेशनल प्याबसनमा आबद्ध बिधालयका प्रिन्सीपल संस्थापक,शिक्षक शिक्षिका,बिधार्थी,अभिभावक तथा भद्रभलादमीहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0