<

 

काठमाडौं, ३२ साउन ।

गोरखा गण्डकी गाउँपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका–१५ बस्ने ५० वर्षीया एक माया पुलामी मगरको परिवारले आफूहरुमाथि गलत आरोप लगाएर चरित्र हत्या गर्न खोजेको बताएका छन् । केही दिनअघि वैदेशिक रोजगार ठगीको आरोपमा एक माया पक्राउ परेकी थिइन् । तर, आफ्नो आमामाथि गलत आरोप लगाएर चरित्र हत्या गर्न खोजेको भन्दै उनका छोरा रमेश मगरले आपत्ति जनाउँदै न्यायका लागि सरोकारवाला निकायसँग माग गरेका छन् । अनावश्यक आरोप लगाएर आफ्नो परिवारको चरित्र हत्या गर्न खोजेको भन्दै उनले आफूहरुले न्याय पाउने विश्वास गरे ।

भएको के हो ?

एक माया पुलामी मगरमाथि लागेको आरोप र यसबारे उनको परिवारले गरेको खण्डनबारे उनका छोरा रमेश मगरकै शब्दमा :

 

साउन २५ गते पुलामी मगर पक्राउ पर्नुभएकाके हो । उक्त दिन महेश घिमिरलाई नै एक माया पुलामी मगर आफैंले भेट्न बोलाउनु भएको हो । उनीहरू दुईबीच काठमाडौंको नयाँबसपार्कस्थित बिजी मल अगाडि बिहान १० बजे भेट्ने भन्ने कुरा भएको थियो ।  सोही अनुरूप एक मायाले आफ्नो एक जना महिलालाई पनि साथीको रूपमा बोलाएकी थिइन् ।  ती महिला समयमै आइपुगिन्, तर घिमिरे भने लामो समयसम्म कुर्दासमेत आइपुगेनन् । मगरले घिमिरेलाई पटक पटक फोन सम्पर्क गरिन् । तर, उनले फोन उठाएनन् । उनी भने भेट्ने बहानामा उनलाई पक्राउ गर्ने प्रपञ्च रच्दै थिए ।

लामो समय कुर्दा समेत नआएपछि थुप्रै पटक मगरले घिमिरेलाई फोन सम्पर्क गरिन् । निकै पटकको फोन सम्पर्कको प्रयासपछि अन्ततः घिमिरेले फोन उठाए । फोनमा घिमिरेले भने, ‘दिदी म आज ड्राईभिङ लाइसेन्सको तयारीमा छु, उतै (विदेश) गएपछि पनि काम लागिहाल्छ, बरू दिउँसो ३ बजे भेटाँै ।’  घिमिरेले उक्त कुरा गरेपछि एक माया आफ्नो निजी कामका लागि कलंकी पुगेर समयमै फेरि बिजी मल नै फर्किइन् ।

त्यसपछि मगरले घिमिरेलाई फोन गरिन् ।  तर, फेरि घिमिरेको बहानाबाजी सुरू भयो । उनले फेरि आधी घण्टाको समय मागे । तर, आधा घण्टाको समय कुर्दा समेत उनी भेट्न आएनन् । त्यसपछि उनलाई करिब ५ बजेतिर घिमिरे आफँैले फोन गरे ।  एक मायाको भने त्यसको भोलिपल्ट नै नयाँ दिल्लीका लागि २ बजेको फ्लाइट तालिका थियो । त्यसकरण पनि घिमिरेलाई उनी जसरी पनि भेट्न चाहन्थिन् ।

 

घिमिरेको फोनपछि दूबैको लागि बीच बाटो पर्ने हिसाबले बिजी मलभन्दा थोरै पूर्व मित्रनगर अगाडि भेट्ने कुरा भयो । खासै टाढा नभएकाले मगर हिँडेरै मित्रतानगरतर्फ लागिन्। सिभिल ड्रेसमा केही सीआईबी प्रहरी त्यहाँ पु¥याएर घिमिरे भने अलि टाढा बसेका थिए । तर, कल्पना पनि गर्न नसकिने उक्त दृश्य देखेर एक माया अचम्ममा परिन् । उनलाई आफुविरूद्ध उजुरी परेकोबारे त्योभन्दा अगाडि कहिँकतै खबर थिएन । एकाएक त्यो दृश्य देख्दा एकछिन उनी हासिन् । उनी आफै घिमिरेलाई भेट्न आएकी थिइन्, जसले उक्त स्थानमा उनले नै बोलाएकी थिइन् । उक्त ठाउँमा महेश घिमिरे, समिरजङ्ग गुरुङ, राज घले, बेलबहादुर पौडेल र विकास बोहरा नाम गरेका गरी ५ जना अन्य व्यक्तिहरू समेत आएका थिए ।

 

खासमा वैदेशिक रोजगार विभागमा उजुरी गर्ने व्यक्ति भने समिरजङ्ग गुरुङ मात्र हुन् । उनले बुझाएको भनेको २ लाख ५५ हजार रूपैयाँ मात्र हो । कुरा त्यति मात्रको हो । एक मायालाई पटक पटक गरी गुरुङसँग उक्त रकम लिइएको भनेर आरोप लगाइएको छ ।  पोर्चुगल जान चाहेका समिरजङ्गको भने अहिले पनि भिसा प्रोसेसिङमा नै छ।

समिरजङ्गको मात्रै उजुरी परे पनि अन्य व्यक्तिहरू पनि त्यसैको मौका छोपी मगरसँग बार्गेनिङ गर्न चाहेका थिए । एद्यपि, समिरजङ्गको पनि भिसा प्रोसेसिङमा नै भएकाले उनको रकममा एक मायाबाट कुनै तलमाथि भएको छैन । र पनि उजुरी परेको हुनाले एक मायाले गुरुङसँग भने उक्त रकम डिजिटल पेमेन्टमार्फत् आफ्नै पैसा खर्च गरेर उनलाई बुझाएकी थिइन् । त्यसकारण यो केस यहि अन्त्य हुनुपर्ने हो, तर त्यस्तो भएन ।

 

समिरजङ्गसँगै आएका अन्य  व्यक्तिहरूले भने यसैलाई मौका छोपेर मगरसँग अनावश्यक रकम वार्गेनिङ गर्न थालेका थिए । त्यसमध्ये विकास पौडेल नाम गरेका व्यक्तिले मगरलाई आफूले भनेजति रकम दिन चर्को दबाब दिन सुरू गरे ।

पौडेलसँग सामान्य चिनजान भए पनि उनीसँग एक मायाको कुनै लेनदेन भने थिएन । उसले निकै दबाब दिएपछि एक मायाले बाध्य भएर उनीहरूलाई चेकमार्फत् पैसा दिएकी थिइन् । त्यसमध्ये राज घलेलाई ३ लाख ४० हजार रुपैयाँ, बेलबहादुर पौडेललाई १ लाख ९० हजार रुपैयाँ र महेश घिमिरेलाई  ३ लाख रुपैयाँ गरी जम्मा ८ लाख ३० हजार रकम चेकमार्फत् दिइएको थिथयो । उनीहरूले बुझाएको रकम भने भिसा प्रोसेसिङमा लाग्ने खर्च मात्र हो र मगरले उनीहरूबाट अन्य कुनै थप रकम भने लिएकी छैनन्। यी सबै रकम एक मायाले आफ्नो खाताको पैसा उनीहरूलाई बुझाएकी हुन्। यसरी भ्रममा पारेर स्वार्थ लुट्नेहरूलाई पनि कानुनी दायरामा ल्याउनु पर्छ । गलत आरोप लगाएर चरित्र हत्या गर्नेविरुद्ध पनि कानुनी उपचार खोज्नुपर्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0