<

रुपेश यादव,फतुवा बिजयपुर,वैशाख ०७ गते

रौतहटको फतुवा बिजयपुर नगरपालिकामा वडा नम्बर ४ स्थित श्री माध्यमिक बिधालय टेंग्राहामा नयाँ भर्ना अभियान सुरु भएको हो । शैक्षिक सत्र सुरु भएसँगै सरकारले यसवर्ष ‘हामी सबैको इच्छा, समयमा भर्ना समयमा ज्ञान गुणस्तरिय शिक्षा सबैको अभियान ’ भन्ने मुल नाराका साथ गाउँको परिक्रमा गरिदै भर्ना अभियान अगाडि बढाएको प्रधानाध्यापक अनिल कुमार यादवले बताएका छन् ।

विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको मूल प्रवाहमा ल्याउन भर्ना अभियान सुरु गरेको बताउँदै उहाँले भर्ना अभियान सफल तुल्याउनका लागि सबैको सहयोग आवश्यक रहेको बताए । सो भर्ना अभियानको घरदैलो कार्यक्रममा सोहि वडाका वडा अध्यक्ष सतिश यादव (गौरव) ,बिधालय व्यवस्थापन समितिका अध्यक्ष जयमंगल यादव ,लेखापाल प्रविन यादव,शिक्षक राजेश यादव लगायतका शिक्षक शिक्षिकाहरू र बिधार्थीहरूको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0