<

बज्जिकाञ्चल,वैशाख ०७ गते
रौतहटको फतुवा बिजयपुर नगरपालिकाको वडा नम्बर ८ स्थित श्री माँ सरस्वती प्राबि बिजयपुर पिपलबोटमा नयाँ भर्ना अभियान सुरु भएको छ । शैक्षिक सत्र सुरु भएसँगै सरकारले यसवर्ष ‘हामी सबैको इच्छा, समयमा भर्ना समयमा ज्ञान गुणस्तरिय शिक्षा सबैको अभियान ’ भन्ने मुल नाराका साथ गाउँको परिक्रमा गरिदै भर्ना अभियान अगाडि बढाएको प्रधानाध्यापक सुबोध कुमार यादवले बताएका छन ।

विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको मूल प्रवाहमा ल्याउन भर्ना अभियान सुरु गरेको बताउँदै उहाँले भर्ना अभियान सफल तुल्याउनका लागि सबैको सहयोग आवश्यक रहेको बताए ।

सो भर्ना अभियानको घरदैलो कार्यक्रममा प्रधानाध्यापक सुबोध यादव सँगै शिक्षक प्रमोद यादव , लगायतका शिक्षक शिक्षिकाहरू र बिधार्थीहरू र संचारकर्मीहरूको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0