<

 

मुम्बई, ३० साउन ।

सन्नी देओल र अमिषा पटेलको ब्लकबस्टर हिट फिल्म ‘गदर २’ को क्रेज दिनप्रतिदिन बढ्दै गएको छ ।

फिल्मले पहिलो तीन दिनमा सय करोडभन्दा बढी कमाइ गरिसकेको छ तर यसबीचमा अभिनेता सनी देओलका धेरै भिडियो भाइरल भइरहेका छन्, जसमा उनले फ्यानसँग राम्रो व्यवहार नगरेको देख्न सकिन्छ ।

 

यसबारे सामाजिक सञ्जालमा मानिसहरूले आफूलाई निकाे नलागेकाे बताएका छन् । अहिले उनको एउटा नयाँ भिडियो सार्वजनिक भएको छ, जसमा उनी आफ्नो नजिक पुगेका फ्यानसँग अनौठो इशारा गरिरहेको देखिन्छ । जसको अहिले सन्नी देओलमा घमन्ड देखा परेको भन्दै आलोचना भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0