<

 

काठमाडौ, २९ साउन ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा मिथिला लघुवित्तको खुद नाफा ४८.७३ प्रतिशतले घटेर २ करोड ९५ लाख ५९ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ५ करोड ७६ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेकाले खुद नाफा प्रभावित भएको हो ।

 

खुद ब्याज आम्दानी २१.२६ प्रतिशतले घटेर ९ करोड ४४ लाख ७६ हजार रुपैयाँमा आएको छ । सञ्चालन नाफा ९७.५३% ले घटेर १८ लाख ९९ हजार रुपैयाँमा सीमित भएको छ । खराब कर्जा २.१७ प्रतिशतले बढेर ४.७८ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी १५ रुपैयाँ ०८ पैसा र प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ३८ पैसा छ । पैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0