<

न्युज कारखाना,लमजुङ २७ साउन 

बेसीशहर बजारमा खाद्यन्न र किराना पसल अनुगमन गरिएको छ । पर्यटन तथा उद्योग कार्यलय लमजुङको आगुवाईमा  बजार अनुमगन गरिएको हो । बेसीशहरको विभिन्न १९ वटा पसलहरुको अनुगमन गरिएको थियो ।

 

अनुगमनमा विषेश गरी खाद्य सामाग्रीहरुको उत्पादन मिति, खरिद मुल्य विल र विक्री मूल्यको विल हेरिएको थियो । अनुगमनका क्रममा खाद्य सामाग्रीहरुमा लेवलिङ नगरिएको, मुल्यसूची नराखेको, म्याद गुज्रेका सामाग्री फेला परेका थिए ।

अनुगमनका क्रममा भेटिएका म्याद गुज्रेका सामाग्री जफत गरिएको छ भने पसलमा साइनबोर्ड राख्न, खाद्य सामाग्रीको मूल्यसुची राख्न र नगरपालिका तथा घरेलुमा दर्ता नभएका पसलहरुलाई दर्ता गर्न सुझाब दिएको अनुगमन टोलीका संयोजक पर्यटन तथा साना उद्योग कार्यालयका प्रमुख मिता कुमारी थापाले बताइन । जफत गरिएका सामाग्रीलाई मुचुल्का उठाएर जिल्ला प्रशासन कार्यालयले प्रक्रिया पूरा गरेर नष्ट गर्ने जिल्ला प्रसाशन कार्यलय लमजुङका प्रशासकिय अधिकृत जगदिश मिश्रले बताए ।

 

पर्यटन तथा उद्योग कार्यालय लमजुङका प्रमुख मिता कुमारी थापाको नेतृत्वमा बजार अनुगमन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0