<

 

बागलुङ, २५ साउन ।

बाग्लुङमा बेवारिसे अबस्थामा रहेका ६ नाल अवैध भरुवा बन्दुक फेला परेका छन् ।

 

 

जिल्ला प्रहरी कार्यालयका अनुसार हटिया प्रहरी चौकीको टोलीले पाँच थान तथा नरेठाँटी प्रहरी चौकीको टोली एक थान भरुवा बन्दुक बेबारिसे अवस्थामा फेला पारेका हुन ।

 

जिल्ला प्रहरी कार्यालय प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक मदन केसीका अनुसार गस्ती गर्ने क्रममा प्रहरीले गलकोट नगरपालिका–१ स्थित जनएकता सामुदायिक वनबाट एक थान र सोही नगरपालिका– ३ को भगवतीस्थानको ओडारमा बेवारिसे अवस्थामा रहेका पाँच नाल भरुवा बन्दुक फेला पारी प्रहरी कार्यालयमा ल्याईएको छ ।

 

बेवारिसे अवस्थामा बन्दुकलाई जंगल र ओडारमा कसले र किन प्रयोजनका लागि राखेको थियो ? भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीका अनुसार शिकार खेल्ने शिकारीले उक्त बन्दुक प्रयोग गर्ने गरेको तथा प्रहरी देखे पछि बन्दुक छाडेर भागेको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0