<

हनुमत कुमार यादव,गाैर,गते २५ साउन ।

रौतहट जिल्लाको गौर नगरपालिका वडा नं ८ पुरेनमा रहेको गाैर आँखा अस्पताल पुरेनवामा आज सम्पन्न साधारण सभा र जिल्ला अधिवेशनबाट विजय कुमार सिंह दाेश्राे कार्यकालकालागि पुनः निर्वाचित भएका छन् । नेपाल नेत्र ज्याेती सङ्घ राैतहटकाे सभापतिमा सिंह दाेश्राे कार्यकालकालागि पुन: निर्वाचित हुनुभएकाे छ । गाैर आँखा अस्पताल पुरेनवामा आज सम्पन्न साधारण सभा र जिल्ला अधिवेशनबाट वहाँ दाेश्राे कार्यकालकालागि निर्वाचित हुनु भएकाे हाे । अधिवेशनमा सभापतिकाेलागि सहमति जुटाउने प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया गराइएको थियाे ।

२ जनाकाे उम्मेदवारी परेकाे सभापतिमा ७० मत प्राप्तगरी सिंह निर्वाचित भएकाे हाे । भने वहाँकाे प्रतिस्पर्धी ज्ञानी राय यादवले २८ मत प्राप्त गरेका थिए भने १ मत बदर भएकाे निर्वाचन अधिकृत तथा सङ्घकाे केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्याम कुमार पाेखरेलले जानकारी गराउनु भयो । सङ्घकाे जिल्ला कार्य समितिकाे सदस्यहरूमा बच्चा प्रसाद यादव , नवीन कुमार केसरी,शिव मङ्गल साह, , रामेश्वर सिंह राजपुत, अयुद मिया कवारी, राजेन्द्र प्रसाद साह, सुरेन्द्र कुमार यादव,नवल किशोर पंडित, उमेश प्रसाद पटेल, संजिव कुमार मल्लिक र महिला सदस्यमा भुवनी गिरी श्रेष्ठ, निर्माला श्रेष्ठ उप्रेती लगायतका चुनिएका छन् । यसभन्दा अघि आजै एक कार्यक्रम मार्फत साधारणसभा तथा जिल्ला अधिवेशनकाे उद्घाटन गरिएको थियाे ।

नेपाल नेत्र ज्याेति सङ्घ राैतहटकाे सभापति विजय कुमार सिंहकाे सभापतित्व तथा गाैर नगरपालिकाकाे नगर प्रमुख शम्भु साहकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रम मार्फत उद्घाटन गरिएको थियाे । राैतहट एफ एमकाे समाचार प्रमुख राम विश्वास मुखियाले सञ्चालन गरेकाे साे कार्यक्रममा सङ्घकाे केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्याम कुमार पाेखरेल, सङ्घकाे पूर्व जिल्ला सभापति दुर्गा प्रसाद यादव, गाैर न पा ५ काे वडाध्यक्ष शिव शंकर यादव, वडा नम्बर ८ काे अध्यक्ष जनार्दन साह,राैतहट एफ एमकाे अध्यक्ष रेवन्त झा, नेपाल पत्रकार महासङ्घ राैतहटकाे सभापति प्रेम चन्द्र झा, माेहन कुमार यादव, पत्रकार शैलेन्द्र गुप्ता तथा आजिवन सदस्यहरूकाे सहभागीता रहेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0