<

 

प्रदिप दास,राैतहट,साउन २५ गते

रौतहटको चन्द्रपुर नगरपालिकामा अवस्थित हिमालय होटलको सभाहलमा वृन्दावन नगरपालिकाका निर्वाचित महिला जनप्रतिनिधिहरुलाई मध्यवर्ती तालिम सम्पन्न भएको छ । माण्डवी रौतहटको आयोजना तथा आईएफईएस को सहकार्यमा सँचालित रौतहट जिल्ला अन्तर्गत वृन्दावन नगरपालिकाका निर्वाचित महिला जनप्रतिनिधिहरुलाई नैतिकवान नेतृत्वमा हुनु पर्ने गुणहरु, महिला जनप्रतिनिधिहरुलाई आईपर्ने समस्याहरुको विशलेषण तथा त्यसका सामाधान गर्ने र आउन सक्ने सम्भावित परिणामहरुको बारेमा छलफल , वडा अन्तर्गत रहेका विभिन्न किसिमका तथ्याँक सँकलन आवधिक तथा व्यवस्थापन गर्नु पर्ने आवश्यकता तथा त्यसको महत्वपूर्ण फाईदाहरु बारे छलफल र महिला जनप्रतिनिधिहरु प्रति हुने सामाजिक,साँस्कृतिक दुस्प्रचार तथा द्धेषपूर्ण अभिव्यक्तिहरु तथा त्यसलाई कसरी सामना गर्न सकिन्छ सो बारेमा छलफल गरीएको थियो ।

यस कार्यक्रम अन्तर्गत वृन्दावन नगरपालिकाका निर्वाचित महिला जनप्रतिनिधिहरुलाई पहिलो, दोस्रो, तेस्रो तथा चौथो सत्र गरी तालिमहरु दिई सकेको माण्डवीका अनुगमन तथा मुल्याँकन अधिकृत सुविन्द्र कुमार दासले जानकारी गराउनु भएको थियो । महिलाहरूलाई लैङ्गिक समानता प्रवद्र्धन गर्न तथा आफ्नो समुदायका अन्य महिला र किशोरीहरूका लागि , प्रेरणा स्रोतका रूपमा कार्य गर्न प्रोत्साहित गर्न, स्थानीय सरकारमा प्रभावकारी ढंगले आफ्नो भूमिका निर्वाह गर्नका लागि निर्वाचित महिला जनप्रतिनिधिहरूलाई चाहिने सीप र ज्ञान प्रदान गर्नुका साथै राजनीतिक संवादमा सहभागी हुनका लागि निर्वाचित महिला प्रतिनिधिहरू र अन्य नेतृत्व भूमिकामा भएका महिलाहरूको आत्मविश्वास बढाउने उदेश्यले माण्डवीले यो कार्यक्रम सँचालन गर्दै आईरहेको छ ।

मध्यवर्ती तालिममा वृन्दावन नगरपालिकाको १६ जना निर्वाचित महिला जनप्रतिनिधहरुको सहभागिताको साथै माण्डवीका अनुगमन अधिकृत सुविन्द्र दास, प्रशिकद्धय पुनम ठाकुर र सँजय कुमार यादव, सामाजिक परिचालक सुरेन्द्र यादवको समेत उपस्थिति रहेको थियो

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0