<

 

हनुमत कुमार यादव,गाैर,२४ गते साउन ।

रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिकामा बाढी बाट प्रभावित ७५ घर परिवारलाई जिल्ला प्रशासन कार्यालय रौतहट गौर द्वारा राहत सामग्री वितरण गरिएको छ ।केही दिन देखि अविरल रुपमा भईरहेको भारी वर्षाका

कारण लालबकैया, बागमती लगायतका अन्य स-साना नदीहरुमा बाढी आएको छ । बाढी बाट जिल्लाका सयौ घर परिवार प्रभावित भएका छन् । प्रभावित हुने घर परिवार लाई जिल्ला प्रशासन कार्यालयले राहत वितरण कार्य सुरु गरेका छन् । बाढीबाट प्रभावित घर परिवारलाई राैतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रकाे निर्देशनमा तुरुन्त आवश्यक राहत सामाग्री वितरण गरिएकाे छ ।

जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नं० ५ बडहर्वामा विपद व्यवस्थापन समिति राैतहटले बागमती नदीकाे बाढीले पिडित ७५ घर परिवारलाई २५ किलाे चामल,५ किलाे दाल,५ किलाे आलु,२ लिटर खाने तेल, २ किलाे नुन,५ किलाे चिउरा, १ किलाे चिनी वितरण गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटका नायब सुब्बा राम नरेश साहले बताउनु भएका छन् ।

साथै पिडित परिवारलाई मेडिकेटेड झुल र फाेम म्याट समेत वितरण गरिएको साहले बताउनु भएको छ । बाकी बाढी बाट प्रभावित रहेका जिल्लाका विभिन्न ठाउँमा भोली राहत हुने उनले बताएका छन् । साथै बागमती नदी र लालबकैया को तटिय क्षेत्रमा बसोबास गर्ने सहित जिल्लाका बासिन्दालाई सतर्क रहन आग्रह समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0