२०८२ कार्तिक २६
२०८२ कार्तिक २६

रौतहटमा बाटोको विषयमा विवाद हुँदा गोली चल्यो,एकको मृत्यु,३ जना घाइते

 

आरके श्रीवास्तव,गरुडा,०२ गते वैशाख

रौतहट जिल्लाको गढीमाई नगरपालिकामा गोली लागेर एक जनाको मृत्यु भएको छ । सो नगरपालिकाको वडा नम्बर ८ धोबिनियामा बाटो फराकिलो बनाउने क्रममा दुई पक्षबीच विवाद हुँदा झडप भइ गोली चलेको छ ।

गोली लागेर सोही ठाउँ बस्ने राजकुमार राय यादवको मृत्यु भएको स्थानियले बताएका छन् । गोली लागेका यादवलाई उपचारका लागि वीरगञ्ज पठाइएकोमा बाटोमा नै मृत्यु भएको स्रोतको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक उमाशंकर यादवका अनुसार मृत्युको पुष्टि भइ नसकेको बताए । स्थानिय स्तरमा उपचार सम्भव नभएपछि थप उपचारको लागि विरगंज पठाइएको उनले बताए । सो घटनामा परी स्थानीय रामप्रताप यादव, कपिलदेव राय यादव र निरञ्जन यादव घाइते भएका छन् ।

उनीहरुको रौतहट स्थित ग्राण्डी हस्पिटलमा उपचार भइरहेको उनले बताए । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार घटनामा संलग्न रहेको आशंकामा ८÷९ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । घटना स्थलबाट हतियार र केही कार्तुस प्रहरीले बरामद गरेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताएका छन् । घटनाको विस्तृत विवरण बुझन इप्रका गरुडा बाट डिएसपी छेदीलाल कामतीको टोली त्यहाँ पुगेको उनले बताए ।

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।