काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने १२१ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशीमा ४ जनाको मृत्यु भएको छ भने मधेशमा एक जनाको मृत्यु भएको छ।
त्यस्तै देशभर भएका दुर्घटनामा १२१ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ४३ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा ३२ जना घाइते भएका छन् । त्यस्तै कोशीमा १६ जना घाइते भएका छन् भने लुम्बिनीमा १८ जना, सुदूरपश्चिममा ४ जना, बागमतीमा ६ जना र कर्णालीमा २ घाइते भएका छन् ।एभरेष्ट न्यूज एजेन्सी







