२०८३ असार ३२
२०८३ असार ३२

पर्सामा धान रोपिरहेका बेला चट्याङ पर्दा सात महिला घाइते

पर्सा । पर्साको पकहामैनपुर गाउँपालिका–०१ धोरेस्थित सिधौलिया जाने सीमावर्ती क्षेत्रमा धान रोपिरहेका बेला चट्याङ पर्दा सात जना महिला घाइते भएका छन् ।

वर्षासँगै परेको चट्याङका कारण जिल्ला पर्सा पकहामैनपुर गाउँपालिका-०१ बस्ने अंन्दाजी ५५ वर्षीया शान्तिदेवी सहनी, अंन्दाजी ५५ वर्षीया राधिका देवी सहनी, अंन्दाजी ५५ वर्षीया रिता देवी सहनी, अंन्दाजी ५२ वर्षीया कुश्मी देवी सहनी, अंन्दाजी ४२ वर्षीया सन्ध्या देवी, अंन्दाजी ३५ वर्षीया प्रमिला सहनी र अंन्दाजी ३५ वर्षीया संगीता देवी घाइते भएका हुन् ।

प्रहरीका अनुसार घाइतेहरु मध्ये शान्तिदेवी सहनीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ र अवस्था सामान्य रहेको छ भने अन्य छ जना घाईतेहरुको भारतको रक्सौलस्थित डंकन अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये कुश्मी देवी सहनीको अवस्था गम्भीर रहेको छ भने अन्य पाँच जनाको अवस्था मध्यम रहेको छ । घटनाबारे थप अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।