२०८२ मंसिर १
२०८२ मंसिर १

२० दिनदेखि बेपत्ता पुरुषको शव फेला

 

सल्यान, २ वैशाख

सल्यानमा २० दिनदेखि बेपत्ता एक पुरुषको शव फेला परेको छ । शारदा नगरपालिका–७ ओख्रेनीका ३८ वर्षीय भद्रबहादुर विक हराएको २० दिनपछि शनिबार मृत फेला परेका हुन्।

शारदा नगरपालिका–७ कागेखोलास्थित मसिना सामुदायिक वनको भीरमा सडेगलेको अवस्थामा गाईबाख्रा चराउन जंगल गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए ।

मृतक विकका छोराले कपडाको आधारमा सनाखत गरेको उनको भनाइ छ । विक गत चैत १२ गते घरबाट निस्किएपछि बेपत्ता भएका थिए ।​

विकको शव पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा ल्याइएको र अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।