सर्लाही । सर्लाहीको कौडेना गाउँपालिका-१ सुकचैनाबाटले ४१९ किलो ९३ ग्राम गाँजा बरामद गरेको छ । बेचबिखन तथा भण्डारण गरिएको सूचना पाएपछि प्रहरीले विभिन्न घरमा खोजतलास गर्दा प्रहरीले लागुऔषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक वेद प्रसाद गौतम सहितको १२५ जनाको टोलीले गाँजा सहित दुई जनालाई पक्राउ समेत गरिएको छ । पक्राउ पर्नेहरूमा सोही स्थानका २५ वर्षीय राहुल राउत र ४६ वर्षीय महादेव राउत रहेको प्रहरी नायव उपरीक्षक गौतमले जानकारी दिएका छन् । पक्राउ परेकाहरूलाई जिल्लामा ल्याइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी






