२०८२ फाल्गुन २६
२०८२ फाल्गुन २६

सत्तारुढ गठबन्धनको बैठक तीन बजे बस्ने

 

काठमाडौं, २ जेठ ।

सत्तारुढ १० दलीय गठबन्धनको बैठक आज बस्दैछ ।

 

जेठ ५ गते पेश गर्न खोजिएको नीति तथा कार्यक्रमका बारेमा छलफल गर्नका लागि आज गठबन्धनको बैठक बस्न लागेको हो । बैठक आज दिउँसो ३ बजे बस्नेछ ।

 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द आचार्यका अनुसार प्रधानमन्त्रीले सरकारमा रहेका र सरकारलाई समर्थन गरेका १० दलका नेताहरुलाई सो बैठकमा सहभागी हुनका लागि निम्ताे दिएका छन् ।

 

सरकारले जेठ ५ गते नीति तथा कार्यक्रम र जेठ १५ गते आर्थिक बर्ष २०८०/८१ को बजेट ल्याउने तयारी गरिरहेको बेला सत्तारुढ गठबन्धनको बैठक आज बस्न लागेको हो ।

नेकपा माओवादी केन्द्र नेतृत्वको सो गठबन्धनमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी र नागरिक उन्मुक्ति पार्टीलगायत आबद्ध रहेका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।