बज्जिकाञ्चल संवाददाता,राैतहट,०६ गते भदौ ।
मधेश प्रदेश प्रहरी तालिम केन्द्र राजबिराजको नव निर्मित आन्तरीक प्रशिक्षण भवनको समुदघाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मधेश प्रदेश सरकारका प्रवक्ता समेत रहनु भएका गृह,सञ्चार तथा कानुन मन्त्री माननीय राजकुमार लेखी ज्यूले उक्त कुरा बताउनु भएको हो। समुदघाटन कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका गृह मन्त्री लेखी ज्यूले”राज्यको चौथो अंगको रुपमा रहेको प्रेस जगतमा हिजो आज बिकृती बिसंगती बढिरहेको छ,सामाजिक संजालमा लाइक र भ्यूजको लागि तथ्यहिन,आधारहिन र भ्रामक समाचार हरु सम्प्रेषण गर्ने प्रवित्ती बढिरहेको हुदा संचार क्षेत्रलाई ब्यबस्थित र मर्यादित बनाउन छिट्टै संचार नियमन ऐन ल्याउने तयारी गरिरहेको ” कुरा बताउनु भएको हो।

प्रदेश प्रहरी तालिम केन्द्र राजबिराजको मधेश प्रदेश सरकारको ३ करोड १८ लाख ५० हजार ८४६ को लागतमा २०० जना प्रशिक्षार्थी हरु एक साथ प्रशिक्षणमा सहभागी हुन सक्ने क्षमता को ४ वटा कोठा सहित २ वटा भवन र तालिम केन्द्रको बाउण्ड्री बाल निर्माण सम्पन्न भएको हो।








