२०८२ मंसिर १
२०८२ मंसिर १

संघिय लाेकतान्त्रिक मोर्चाको बैठक सम्पन्न,बिरगंजकाे कार्यक्रम स्थगित

काठमाडौं, भदौ १२ – लोकतान्त्रिक समाजवादी पार्टी (लोेसपा) नेपालको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा आज संघिय लोकतान्त्रिक मोर्चाको बैठक सम्पन्न भएको छ । बैठक लोेसपा नेपालका अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा सम्पन्न भएको हो ।

बैठक पश्चात् पत्रकारहरूसँग कुरा गर्दै लोेसपा नेपालका सह-अध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले मोर्चाको विभिन्न निर्णयहरू सार्वजनिक गरेका छन् । उनले आगामी भदौ २३ गते बिरगञ्जमा तय गरिएको मोर्चाको बैठक हैजा महामारीका कारण हाललाई स्थगित गरिएको जानकारी दिए । शुक्लाले हैजा नियन्त्रणका लागि सरकारलाई सबै सम्भव उपायहरू अवलम्बन गर्न र स्रोत परिचालनमा ध्यान दिन मोर्चाको तर्फबाट माग गरिएको पनि स्पष्ट पारेका छन् ।

उनका अनुसार प्रदेश सरकारसँग पनि हैजा नियन्त्रणमा सहयोग र सक्रियता देखाउन आग्रह गरिएको छ ।

त्यस्तै, रूपन्देही ३ मा हुने उपनिर्वाचनको सन्दर्भमा मोर्चाले नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेको छ । यसका लागि पार्टीका संरक्षक रेशम चौधरीसँग उम्मेदवारको नामावली चाँडो सार्वजनिक गर्न आग्रह गरिएको र नाम आएपछि प्रचारप्रसारको कार्य आरम्भ गरिने सहमति भएको शुक्लाले जानकारी दिए ।

बैठकमा राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङवालाई मोर्चामा सामेल गरिने निर्णय समेत गरिएको छ । यो सँगै लोकतान्त्रिक मोर्चामा आबद्ध दलहरूको संख्या अब सात पुगेको छ ।

 

काठमाडौंमा आन्दोलनरत उखु किसानका समस्याहरूको तत्काल समाधान गर्न बैठकले सरकारसँग जोडदार माग गरेको छ । किसानले पाउनुपर्ने अनुदान अविलम्ब उपलब्ध गराउन माग गरिएको छ । साथै किसानलाई मलखाद, बीउ, विषादी लगायतका आवश्यक सामग्रीहरू समयमा उपलब्ध गराउनुपर्नेमा बैठकले विशेष जोड दिएको छ ।

 

बैठकमा मोर्चामा आबद्ध दलका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।