२०८२ कार्तिक २७
२०८२ कार्तिक २७

श्री मावि प्रेमपुर गोनाहीमा बिधालय भवनको शिलान्यास

 

आरके श्रीवास्तव,गरूडा,चैत २९ गते

रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ७ मा रहेको श्री माध्यमिक बिधालय प्रेमपुर गोनाहीमा चार कोठे भवन शिलान्यास भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत परेको ४५ लाख रुपैयाँको लागतमा निर्माण गरिने भवनको बुधबार एक कार्यक्रमका बीच शिलान्यास गरिएको प्रधानाध्यापक मुकेश प्रसाद यादवले जानकारी गराउनु भयो ।

सो वडाका वडा अध्यक्ष उपेन्द्र राय यादव र पूर्व वडा अध्यक्ष जगरनाथ राय यादवले संयुक्तरूपमा शिलान्यास गर्नु भएको हो । भवन निर्माण भएपछि विद्यार्थीहरुको कक्षाकोठाको अभावमा केही समाधान हुने भएको छ । देवाही गोनाही नगरपालिकाले शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

सो अवसरमा वडा नम्बर ८ का वडा अध्यक्ष बिजय पटेल,उपमेयर प्रत्यासी ईश्वरीलाल यादव,शिक्षा संयोजक अरबिन्द कुमार यादव,भोला यादव,राधेश्याम पटेल,रूपेश पटेल,सिकिन्द्र कुशवाहा,रामएकवाल यादव ,विरेन्द्र साह,सुरेन्द्र पासवान,महेश यादव लगायत शिक्षक(शिक्षिका,स्थानीय भद्रभलादमी, बुद्धिजीवी,शिक्षाप्रेमीहरूको उपस्थिति रहेको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।