२०८२ मंसिर १
२०८२ मंसिर १

श्री मावि दुधिअवामा सुविधा सम्पन्न तीन तले नमूना भवनको उद्घाटन

आरके श्रीवास्तव,राैतहट,कार्तिक १९ गते ।
राैतहटकाे फतुवा बिजयपुर नगरपालिका–१०, दुधिअवास्थित श्री माध्यमिक विद्यालयमा ७ करोड १० लाख रुपैयाँको लागतमा निर्माण भएको नयाँ सुविधा सम्पन्न तीन तले नमूना भवनको बुधबार उद्घाटन गरिएको छ ।
भवनको भौतिक निर्माणका लागि ५ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएकोमध्ये ४ करोड १ लाख ४९ हजार ९८२ रुपैयाँ ४ पैसा खर्च भएको शिक्षक रञ्जन खरेलले जानकारी दिनुभयो ।
कार्यक्रमकी प्रमुख अतिथि तथा फतुवा बिजयपुर नगरपालिकाकी कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले विद्यालयमा निर्मित नमूना भवनले विद्यार्थीको सिकाइ वातावरण सुधारमा ठुलो योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “शिक्षा क्षेत्रको गुणस्तर बढाउन गर्न पूर्वाधार निर्माण महत्वपूर्ण छ, अब यस भवनमार्फत विद्यार्थीले अझ सहज र सुरक्षित वातावरणमा अध्ययन गर्न पाउने छन्।”
कार्यक्रमका विशिष्ट अतिथि तथा प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादवले भवन निर्माणमा देखाएको पारदर्शिता र सामुदायिक सहभागिताको प्रशंसा गर्नुभयो । उहाँले थप्नुभयो, “नगरपालिकाले शिक्षा क्षेत्रमा प्राथमिकता दिएको प्रमाण नै यो भवन हो, यसले नगरपालिका स्तरमै आदर्श परियोजना बन्नेछ।”
उद्घाटन कार्यक्रममा साे वडाका वडा अध्यक्ष मञ्जय चाैधरी, बिद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, अभिभावक, स्थानीय जनप्रतिनिधि र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।