२०८३ जेष्ठ ११
२०८३ जेष्ठ ११

जनकपुरधाम,कार्तिक १९ गते ।

मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले धनुषास्थित सतलोक आश्रमको अवलोकन गरेका छन् । अवलोकनका क्रममा उनले आश्रममा भइरहेको धार्मिक, सामाजिक र आध्यात्मिक क्रियाकलापको जानकारी लिएका थिए ।

 

मुख्यमन्त्री सोनलसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का महासचिव परमेश्वर साह, महासचिव राजेन्द्र साह, तथा लाेसपा मधेस सचिव रामबिनोद चौधरी (पपु) पनि उपस्थित थिए ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री सोनलले समाजमा शान्ति, एकता र सहअस्तित्व प्रवर्द्धन गर्न धार्मिक तथा आध्यात्मिक संस्थाहरूको भूमिकाको प्रशंसा गरे । उनले भने, “सत्सङ्ग र भक्तिले मानिसमा सद्भाव, सहिष्णुता र मानवीय मूल्यको विकास गर्छ । राज्यले पनि यस्ता संस्थालाई सहयोग र सम्मान गर्नुपर्छ।”

सतलोक आश्रमका प्रतिनिधिहरूले मुख्यमन्त्री र अन्य आगन्तुकहरूलाई स्वागत गर्दै आश्रमका गतिविधि, सेवा कार्य र सामाजिक अभियानबारे जानकारी दिएका थिए ।

जनकपुरधाम, १९ कार्तिक । 

मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार ‘सोनल’ले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न औपचारिक प्रक्रिया अघि बढाएका छन् । यसका लागि मुख्यमन्त्री सोनलले २०७९ सालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका हुन् ।

मुख्यमन्त्री कार्यालय, जनकपुरधामबाट जारी गरिएको पत्रमा मधेश प्रदेशसभा सचिवलाई सम्बोधन गरी पठाइएको उक्त पत्रमा कार्तिक २२ गते विश्वासको मत लिने व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।

पत्रमा भनिएको छ, “नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्नका लागि मिति २०८२।०७।२२ गते व्यवस्था मिलाई दिनुहुन अनुरोध गर्दछु।”

मुख्यमन्त्री सोनलले उक्त पत्र प्रदेशसभा सचिवालयमा दर्ता गराउँदा लोसपा प्रदेश सभा संसदीय दलका नेता जैनुल राईन, लोसपा महासचिव परमेंश्वर साह, प्रदेश मुख्य सचिव रामबिनोद चौधरी (पपु) लगायत नेताहरू पनि उपस्थित थिए ।

विश्वासको मतको प्रक्रिया आगामी २२ कार्तिकमा  प्रदेशसभाको बैठकमा हुने भएको छ । यस मतका माध्यमबाट मुख्यमन्त्री सोनलले सभाको विश्वास कायम राख्ने वा नहुने विषय टुंगो लाग्नेछ ।

मुख्यमन्त्री सोनल हाल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का तर्फबाट मधेश प्रदेशको नेतृत्व गर्दै आएका छन् । पाँच दलकाे समर्थनमा मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।

आरके श्रीवास्तव,राैतहट,कार्तिक १९ गते ।
रौतहटको कटहरिया नगरपालिकामा करार र ज्यालादारीका कर्मचारीहरूले तलब–भत्ताको बक्यौता भुक्तानीको माग गर्दै सुरु गरेको तालाबन्दी बुधबार आठौं दिनमा पुगेको छ ।
तलबभत्ता नपाएपछि असन्तुष्ट कर्मचारीहरूले वडा नं. १ देखि ९ सम्मका सबै वडा कार्यालयहरू तथा नगरपालिकाको मुख्य कार्यालयमा तालाबन्दी गर्दै कार्यालय परिसरमै धर्ना दिएका छन् ।
लगातारको तालाबन्दीका कारण नगरपालिकाका जनसाधारणका धेरै महत्वपूर्ण कामहरू ठप्प भएका छन् । नागरिकता, सिफारिस,राजस्व संकलनलगायतका सेवा रोकिँदा स्थानीय बासिन्दा निकै मर्कामा परेका छन् ।
कर्मचारीहरूले आफूहरूले लामो समयदेखि काम गर्दा पनि तलब र भत्ता नपाएको गुनासो गर्दै बक्यौता रकम तत्काल भुक्तानी गर्न माग गरेका छन् । उनीहरूले माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।
नगरपालिकाले भने समस्या समाधानका लागि पहल भइरहेको जनाउँदै छिट्टै समझदारीमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
स्थानीयहरूले भने तालाबन्दीका कारण दैनिक सेवा प्रभावित हुँदा समस्या चाँडो समाधान होस् भन्ने आग्रह गरेका छन् ।

आरके श्रीवास्तव,राैतहट,कार्तिक १९ गते ।
राैतहटकाे फतुवा बिजयपुर नगरपालिका–१०, दुधिअवास्थित श्री माध्यमिक विद्यालयमा ७ करोड १० लाख रुपैयाँको लागतमा निर्माण भएको नयाँ सुविधा सम्पन्न तीन तले नमूना भवनको बुधबार उद्घाटन गरिएको छ ।
भवनको भौतिक निर्माणका लागि ५ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएकोमध्ये ४ करोड १ लाख ४९ हजार ९८२ रुपैयाँ ४ पैसा खर्च भएको शिक्षक रञ्जन खरेलले जानकारी दिनुभयो ।
कार्यक्रमकी प्रमुख अतिथि तथा फतुवा बिजयपुर नगरपालिकाकी कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले विद्यालयमा निर्मित नमूना भवनले विद्यार्थीको सिकाइ वातावरण सुधारमा ठुलो योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “शिक्षा क्षेत्रको गुणस्तर बढाउन गर्न पूर्वाधार निर्माण महत्वपूर्ण छ, अब यस भवनमार्फत विद्यार्थीले अझ सहज र सुरक्षित वातावरणमा अध्ययन गर्न पाउने छन्।”
कार्यक्रमका विशिष्ट अतिथि तथा प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादवले भवन निर्माणमा देखाएको पारदर्शिता र सामुदायिक सहभागिताको प्रशंसा गर्नुभयो । उहाँले थप्नुभयो, “नगरपालिकाले शिक्षा क्षेत्रमा प्राथमिकता दिएको प्रमाण नै यो भवन हो, यसले नगरपालिका स्तरमै आदर्श परियोजना बन्नेछ।”
उद्घाटन कार्यक्रममा साे वडाका वडा अध्यक्ष मञ्जय चाैधरी, बिद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, अभिभावक, स्थानीय जनप्रतिनिधि र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।