२०८३ भाद्र २
२०८३ भाद्र २

श्री दलित प्राबि शितलपुरमा वडा अध्यक्ष यादवले गरे पाठ्यपुस्तक वितरण

 

आरके श्रीवास्तव,गरुडा,वैशाख ०६ गते

रौतहटको फतुवा बिजयपुर नगरपालिकाले नयाँ शैक्षिक सत्र २०७९÷०८० को लागि विद्यालय तहमा पाठ्यपुस्तक वितरण सुरु गरेको छ । सो नगरपालिकाको वडा नम्बर २ स्थित श्री दलित प्राथमिक बिधालय शितलपुरमा नयाँ शैक्षिक सत्र गत वैशाख २ गतेबाट सुरु भएको छ ।

बुधवारका दिन एक कार्यक्रमका बिच सो स्कुल को प्राङ्गणमा पाठ्यपुस्तक बितरण गरिएको छ । एक कार्यक्रमका बिच सो वडाका वडा अध्यक्ष अनिरुद्ध प्रसाद यादव उर्फ संजयले वितरण गर्नु भएको हो ।

यस पटक नया भर्ना सँग सँगै विद्यार्थीहरूको हातमा पनि पुस्तक पु¥याउने लक्ष्य रहेको प्रअ वडा अध्यक्ष यादवले बताए । सो बितरण कार्यक्रममा बिधालयका प्रधानध्यापक श्री नारायण साह ,गाउँका भद्रभलादमी , शिक्षक शिक्षिका,अभिभावकहरूको पनि उपस्थित रहेको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब निक्षेप संकलन गर्दैएभरेष्ट न्यूज एजेन्सी, काठमाडौं । नेपाल राष्ट्र बैंकले एक महिनाका लागि ३० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ । बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १० करोडदेखि, बढीमा १० करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ भने ब्याजदर बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्ने छ । निक्षेप संकलनको अवधि आगामी भदौ ३१ गतेसम्म रहनेछ । सो मितिमा साँवा तथा ब्याज भुक्तानी गरिनेछ। बोल स्वीकृत गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने र समान ब्याजदर भएमा प्रो-राटा आधारमा बाँडफाँड गरिनेछ । बैंकले आंशिक वा पूर्ण रूपमा बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार सञ्चालन समितिलाई रहने स्पष्ट पारेको छ । स्वीकृत बोलको रकम सम्बन्धित बैंकको खाताबाट कट्टा गरी राष्ट्र बैंकमा छुट्टै खातामा जम्मा गरिनेछ । पर्याप्त मौज्दात नभए सम्बन्धित संस्था कालोसूचीमा राखिने चेतावनी समेत दिइएको छ । यो रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा रहनेछ र अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर, तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ । भुक्तानी मिति अघि रकम फिर्ता वा पूर्वभुक्तानी नहुने पनि राष्ट्र बैंकले स्पष्ट गरेको छ ।

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।