२०८२ मंसिर १
२०८२ मंसिर १

श्री आबि मेवामा बिधालय भवनकाे गरियो शिलान्यास

आरके श्रीवास्तव,गरूडा,वैशाख ०३ गते

राैतहटकाे फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ३ मा रहेको श्री आधारभूत बिधालय मेवामा चार कोठे भवन शिलान्यास भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत परेको ४५ लाख रुपैयाँको लागतमा निर्माण गरिने भवनकाे आईतवार एक कार्यक्रमका बीच शिलान्यास गरिएको प्रधानाध्यापक प्रमाेद कुमार साहले जानकारी गराउनु भयाे । साे वडाका वडा अध्यक्ष रामईश्वर राय यादवले शिलान्यास गर्नु भएको हाे । वडा अध्यक्ष यादवकाे विशेष पहल र प्रधानाध्यापक साहकाे सक्रियतामा साे भवन निर्माण हुन लागेकाे हाे ।

भवन निर्माण भएपछि विद्यार्थीहरुको कक्षाकाेठाकाे अभावमा केही समाधान हुने भएको छ । फतुवा बिजयपुर नगरपालिकाले शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेकाे छ । साे अवसरमा निर्माण समितिका अध्यक्ष रामविश्वास राउत,वडा सदस्य रमेशर साह,कार्यपालिका सदस्य कामेश्वर पंडित,नगरपालिकाका ई.फिराेज आलम,प्राविधिक सहायक ओमप्रकाश यादव,शिक्षक रामप्रवेश साह लगायत शिक्षक-शिक्षिका,स्थानीय भद्रभलादमी, बुद्धिजीवी,शिक्षाप्रेमीहरूकाे उपस्थिति रहेकाे थियाे ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।