२०८२ पुष ३०
२०८२ पुष ३०

शीतलहरबाट जोगिन जिल्ला प्रशासन कार्यालय राैतहटकाे आग्रह 

हनुमत कुमार यादव,राैतहट,०९ गते पुस । 

रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले बढ्दो शीतलहर र चिसो मौसमका कारण नागरिकको जनजीवन प्रभावित हुन सक्ने भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रशासनले जारी गरेको सूचनामा हाल जिल्लामा अत्यधिक चिसो, कुहिरो र शीतलहर बढ्दै गएकाले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला, सुत्केरी, अपाङ्गता भएका व्यक्ति, विपन्न तथा पछाडि परेका समुदाय बढी जोखिममा रहेको उल्लेख गरिएको छ । यस अवस्थाबाट बच्न आवश्यक सावधानी अपनाउन सम्पूर्ण जिल्लावासीलाई अनुरोध गरिएको छ ।

सूचनाअनुसार चिसोबाट जोगिन न्यानो कपडा प्रयोग गर्ने, घर बाहिर खुला स्थानमा लामो समय नबस्ने, सम्पूर्ण शरीर ढाक्ने गरी सफा र बाक्लो लुगा लगाउने तथा ऊनी सिरक, कम्बल जस्ता साधन प्रयोग गर्न सुझाव दिइएको छ । साथै, समय–समयमा तातोपानी तथा पौष्टिक झोल पदार्थ सेवन गर्न पनि प्रशासनले आग्रह गरेको छ ।

त्यसैगरी, आगो ताप्दा वा विद्युतीय उपकरण प्रयोग गर्दा उच्च सतर्कता अपनाउन, बालबालिका तथा वृद्धवृद्धाको हेरचाहमा विशेष ध्यान दिन, र चिसोका कारण देखिने ज्वरो, रुघाखोकी, दम, खोकी लगायतका समस्या देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न भनिएको छ ।

सूचनामा पशुपन्छीलाई पनि चिसोबाट जोगाउन सुरक्षित स्थानमा राख्ने, गोठ सफा र न्यानो बनाउने तथा बिरामी परेमा नजिकको पशु चिकित्सालय वा पशु सेवा शाखामा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

यातायात सुरक्षालाई मध्यनजर गर्दै कुहिरो तथा हुस्सु लागेका बेला सवारी साधन चलाउँदा गति सीमित राख्न, अनिवार्य रूपमा फग लाइट बाल्न, हेलमेट र सुरक्षा सामग्री प्रयोग गर्न समेत प्रशासनले निर्देशन दिएको छ ।

जिल्ला प्रशासन कार्यालयले स्थानीय तह, विद्यालय, क्लब तथा सामाजिक संस्थाहरूसँग समन्वय गरी शीतलहरसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आह्वान गर्दै नागरिकको जीवनयापन सहज बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको जनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।