२०८२ फाल्गुन २६
२०८२ फाल्गुन २६

विद्युत् प्राधिकरणले पायो अत्याधुनिक प्रविधियुक्त ट्रान्सफर्मर

 

काठमाडौं, १९ वैशाख ।

नेपाल विद्युत् प्राधिकरणले अत्याधुनिक प्रविधियुक्त तथा वातावरण मैत्री विद्युत् वितरण ट्रान्सफर्मर पाएको छ । नेपाल एकरात इन्जिनियरिङ कम्पनी प्रा.लि.ले ५०० केभिए क्षमताको ट्रान्सफर्मर प्राधिकरणलाई निःशुल्क उपलब्ध गराएको छ ।


करिब ३२ लाख रुपैयाँ मूल्य रहेको ट्रान्सफर्मर प्राधिकरणको रत्नपार्कस्थित प्रधान कार्यालय परिसरमा जडान गरिएको छ । प्रधान कार्यालयबाटै अवस्था जाँच्न वा बिग्रे नबिग्रेको जानकारी लिन सकिने आधुनिक सञ्चारजन्य उपकरणसमेत ट्रान्सफर्मरमा जडान गरिएको छ । कम्पनीका प्रबन्ध सञ्चालक कुशकुमार जोशीले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ट्रान्सफर्मर हस्तान्तरण गरेका हुन्  ।

जर्मनीको एमआर कम्पनीको ‘भ्याकुम अनलोड ट्याप चेन्जर’ प्रविधि र अमेरिकी कम्पनी कार–गिलद्वारा उत्पादित वनस्पति तेलको प्रयोग गरी निर्माण गरिएको ट्रान्सफर्मर वातावरणमैत्री  रहेको छ ।

प्राकृतिक तेलको प्रयोग भएकाले चिस्याउने क्षमता बढी हुँदा ट्रान्सफर्मरमा आगलागी हुने सम्भावना ज्यादै न्यून रहेको र स्वचालित रुपमा भोल्टेज नियन्त्रण तथा सन्तुलन कायम हुने प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताए ।

प्राधिकरण र कम्पनीबीच ट्रान्सफर्मर उत्पादन र जडानका लागि गत भदौमा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । यस्ता ट्रान्सफर्मरबाट विद्युत आपूर्तिका क्रममा भइरहने विभिन्न खालका दुर्घटना रोक्न सकिने र एउटै पोलमा समेत जडान गर्न मिल्नेछ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।