२०८३ जेष्ठ ५
२०८३ जेष्ठ ५

रौतहटमा लगातार वर्षा, पाकेको धान भिजेपछि किसानहरूमा चिन्ता

हनुमत यादव,गाैर,कार्तिक १४ गते ।

रौतहटसहित देशका विभिन्न क्षेत्रमा परिरहेको लगातार वर्षाले किसानहरू चिन्तित बनेका छन् । काटेर सुकाउन राखिएको पाकेको धान निरन्तर झरीले भिजेपछि खेतमै उम्रिन थालेको छ, जसले धान उत्पादनमा ठूलो क्षति पुर्‍याउने आशंका बढाएको छ ।

 

बिहीबार देखि सुरु भएको वर्षा रोकिएन,शुक्रबार बिहानदेखि पुनः लगातार झरी परेपछि किसानहरू धान जोगाउने उपाय खोज्दै खेतमै दौडिरहेका छन् । समयमै सुकाउन नपाएको धान भिजेपछि खराब हुन थालेको किसानहरूको गुनासो छ ।

 

गत बाढीले नै अघिल्लो बालीमा ठूलो नोक्सानी पुर्‍याइसकेको अवस्थामा हालको लगातार वर्षाले बाँकी उत्पादन पनि जोखिममा पारेको छ । किसानहरू भन्छन्, “बचेको धान पनि पानीले भिजेपछि अन्न पाइन्छ कि पाइँदैन भन्ने डर छ। गहुँ, तेलहन र दलहन बाली रोप्ने समय पनि ढिलो हुँदै गएको छ।”

 

रौतहटमा प्रत्येक वर्ष बाढी, सुख्खा र असिनाजस्ता प्राकृतिक विपत्तिका कारण किसानहरू ठूलो क्षतिवाट गुज्रिन बाध्य हुने गरेका छन् । तर सम्बन्धित निकाय र स्थानीय तहबाट प्रभावकारी पहल नहुँदा किसानको समस्या वर्षेनि दोहोरिँदै आएको उनीहरूको आरोप छ।

 

किसानहरूले आगामी केही दिनभित्र मौसम सुधार नभए यस वर्षको धान उत्पादनमा ठूलो गिरावट आउने चेतावनी दिएका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।