२०८२ कार्तिक २७
२०८२ कार्तिक २७

रौतहटमा निषेधाज्ञा आंशिक रूपमा हटाइयो, मुख्य क्षेत्रमा यथावत्

आरके श्रीवास्तव,राैतहट,भदौ २८ गते । 

पछिल्लो सुरक्षा विश्लेषणका आधारमा रौतहट जिल्लामा जारी निषेधाज्ञा क्रमशः हटाउन थालिएको छ । जिल्ला सुरक्षा समिति रौतहटको निर्णयअनुसार आज मिति २०८२/०५/२८ गतेदेखि जिल्लाका केही क्षेत्रहरूमा निषेधाज्ञा हटाइएको छ भने, जिल्लाको मुख्य क्षेत्र गौरमा भने निषेधाज्ञा यथावत् राखिएको छ ।

जिल्ला प्रशासन कार्यालय, गौरबाट जारी अत्यन्त जरुरी सूचनामा उल्लेख भएअनुसार, नेपाल लज (पूर्व), कृषि ज्ञान केन्द्र (उत्तर), गौर घण्टाघर (पश्चिम) र श्री जुद्ध उच्च मावि (दक्षिण) ले घेरिएको क्षेत्रभित्र निषेधाज्ञा यथावत् जारी रहनेछ । सो क्षेत्रभित्र मिति २०८२/०५/२८ गते बेलुका ५:०० बजेदेखि अर्को आदेश नभएसम्म निषेधाज्ञा लागू हुने जनाइएको छ ।

 

जिल्लाका अन्य क्षेत्रहरूमा भने आजैदेखि निषेधाज्ञा र कर्फ्यू हटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काद्वारा हस्ताक्षरित सूचनामा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(ख) बमोजिम उक्त आदेश जारी गरिएको उल्लेख गरिएको छ ।

 

जनजीवन सामान्य बन्दै गएको अवस्थामा सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले यस्तो निर्णय लिएको हो । स्थानीय बासिन्दाहरूलाई निषेधाज्ञा लागू रहेको क्षेत्रको जानकारी लिएर मात्र आवतजावत गर्न तथा प्रशासनको निर्देशन पालना गर्न आग्रह गरिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।