२०८२ कार्तिक २६
२०८२ कार्तिक २६

रास्वपा सांसद असिम साहले दिए राजीनामा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम साहले सांसद पदबाट राजीनामा दिएका छन् । जेनजी पुस्ताले गरेको आन्दोलनमा सरकारले गरेको दमनलाई सांसद भएर समर्थन गर्न नसकिने भन्दै उनले सांसद पदबाट राजीनामा दिएको जनाएका छन् ।

सांसद साहले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

‘संसदमा बसेर चुप लाग्नु, या यस्ता गलत नीतिहरूलाई मौन समर्थन गर्नु मेरो पुस्ता,  मतदाता र मेरो देशको भविष्यसँग ठूलो विश्वासघात हुनेछ भन्ने दृढ विश्वासका साथ, मैले यो निर्णय गरेको हुँ’, साहले लेखेका छन् ।

रास्वपाका सबै सांसदले राजीनामा दिने विषय पनि चर्चामा आएको छ तर, अहिलेसम्म पार्टीले औपचारिक निर्णय भने गरेको छैन ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।