२०८२ मंसिर १
२०८२ मंसिर १

राम बिनोद साहले नेपाल ईँटा उद्योग महासंघको महासचिव पदमा निर्वाचित 

काठमाडौं, भदौ १४।

नेपाल ईँटा उद्योग महासंघको छैटौँ राष्ट्रिय महाधिवेशन २०८२ अन्तर्गत राम बिनोद साहले महासंघको महासचिव पदमा सपथ ग्रहण गरेका छन् । कलंकी–१४, काठमाडौंमा आयोजित विशेष समारोहमा उनले “इमानदारी तथा गोपनीयताको शपथ” ग्रहण गरेका हुन् ।

शपथ ग्रहणपछि उनले यस अवसरलाई सम्भव बनाउन सहयोग गर्ने सबै उद्योगी, व्यवसायी, पदाधिकारी, सदस्य, पत्रकार तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन्। साहले भने, “तपाईंहरूको साथ, माया र विश्वासले आजको दिन सम्भव भएको हो।”

महासचिवको जिम्मेवारी सम्हाल्दै उनले पारदर्शिता र इमानदारीलाई प्राथमिकता दिँदै महासंघको हितमा काम गर्ने दृढ प्रतिबद्धता व्यक्त गरेका छन् ।

राम बिनोद साह विगत लामो समयदेखि ईँटा उद्योगसँग आबद्ध रहँदै आएको र उद्योग क्षेत्रको विकासमा निरन्तर क्रियाशील रहँदै आएका एक सक्रिय उद्योगी हुन् ।

महाधिवेशनमा देशभरबाट सहभागी भएका प्रतिनिधिहरूको व्यापक समर्थन प्राप्त गर्दै उनले महासचिव पदमा निर्वाचित भएका हुन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।