२०८२ मंसिर १
२०८२ मंसिर १

राजपुरमा बाढीको खतरा, नगरप्रमुख डा.आलमको उच्च सतर्कता अपनाउन अपील

आरके श्रीवास्तव,राैतहट,असाेज १८ गते । 

अविरल वर्षाका कारण लाल बकैया नदीमा पानीको बहाव तीव्र रूपमा बढिरहेको छ । यससँगै नदीको जलस्तर समेत उल्लेख्य रूपमा वृद्धि भएको हुँदा बाढी आउन सक्ने सम्भावना उच्च रहेको जनाइएको छ ।

 

राजपुर नगरपालिकाका नगरप्रमुख डा. राजिक आलमले नगर क्षेत्रको बाढी सम्भावित जोखिमलाई मध्यनजर गर्दै नगरवासीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “नदीमा लगातार पानीको बहाव बढिरहेको छ, जसले गर्दा ठूलो बाढीको जोखिम उत्पन्न भएको छ । यस्तो अवस्थामा राजपुर नगरपालिकाका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई सतर्क रहन हार्दिक अनुरोध गर्दछु।”

 

आज बिहान लाल बकैया नदीक्षेत्रकाे निरिक्षण पश्चात् वहाँ यस्ताे आग्रह गर्नु भएको हाे ।

 

नगरप्रमुख आलमले विपद् व्यवस्थापन समिति तथा सम्बन्धित निकायहरूलाई तयारी अवस्थामा रहन आग्रह गर्नु भएको छ । साथै, जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ ।

 

साथसाथै नगरपालिकाले नदी आसपासका क्षेत्रहरूमा अनावश्यक आवतजावत नगर्न,बालबालिकालाई नदी किनारमा जान नदिन, स्थानीय प्रशासन वा प्रहरीको निर्देशन पालना गर्न अपील गरेको छ ।

 

आपत्कालीन अवस्थामा तुरुन्त नजिकको प्रहरी चौकी वा नगरपालिका कार्यालयमा सम्पर्क गर्न भनिएको छ ।

 

स्थानीयवासीहरूलाई सम्भावित विपद्‌बाट जोगिन सतर्कता र सावधानी अपनाउन पुनः आग्रह गरिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।